वीरगञ्ज २ जेठ  । सामाजिक संस्था Samridha Nepal Foundation तथा Birgunj Youth Round Table 13 को संयुक्त आयोजनामा वीरगञ्जको माइस्थान मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यसहित आयोजित कार्यक्रममा महिला ४ जना र पुरुष ३८ जना गरी कुल ४२ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ।
कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। आकस्मिक अवस्थामा रगत अभाव हुने बिरामीलाई सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले सामाजिक सेवाप्रति सकारात्मक सन्देश दिएको आयोजक संस्थाले जनाएको छ।
आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवसेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय