सकरात्मक युथ सोसाइटीद्वारा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न ,५ सय ३० जनाको स्वास्थ्य परीक्षण गरियो

608

वीरगञ्ज, १२ भदौ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सकरात्मक युथ सोसाइटी वीरगञ्जको आयोजनामा आँखा र दाँतसहित निःशूल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको हो ।

किरण आँखा अस्पताल, क्रिस्टल डेन्टल, साई ड्रिंकिङ्ग वाटर र आदर्श स्कुलको सहयोगमा सम्पन्न शिविरबाट ५ सय ३० जना प्रत्यक्ष लाभान्वित भएका छन् । शिविरमा ३ सय ४० जनाको आँखा,१ सय ३५ जनाको दाँत र ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको सोसाइटीका एम्बेसडर ओम कुमार झाले जानकारी दिए ।

झाकै अध्यक्षतामा सम्पन्न शिविरमा दन्त चिकित्सक प्रिया जैसवाल, नेत्र चिकित्सक डा. अन्द्रीका यादव र जेनरल फिजिसियन डा. सुशिल थापाले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक शिवाङ्गी सुडले जानकारी दिइन् । सोसाइटीले आगामी दिनमा पर्सा जिल्लका अन्य स्थानमा पनि स्वास्थ्य शिविरको आयोजना गर्ने संस्थाका एम्बेसेडर झाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस