वीरगंज,१७ साउन । अवैध रुपमा भन्सार छली भित्रयाईएको लाखौ मुल्यका लता कपडा प्रहरी चौकी बसपार्कले बरामद गरेको छ ।
प्रहरी चौकी बसपार्क बाट प्रहरी नायव निरीक्षक दिपक कुमार गुप्ताको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज १५ भिस्वा स्थित कबाडको छेउ बाट उक्त लता कपडा बरामद गरेको हो । तस्कर समुहले भन्सार छली ल्याएर लुकाएर राखिएको अवस्थामा ७ वटा ठुलो पोकामा रहेको विभिन्न ब्रांडको लता कपडा बरामद गरिएको प्रहरी चौकी बसपार्क का प्रमुख प्रहरी नायव निरीक्षक दिपक कुमार गुप्ताले जानकारी दिए । बरामद गरिएको लता कपडाहरूमा कुर्ता सलवार, शटिंग शुटिंग लगाएतको कपडा रहेको र यसको बजार मुल्य ७ लाख रहेको प्रहरी नायव निरीक्षक गुप्ताले जानकारी दिए । बरामद गरिएको लता कपडा थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको प्रहरी चौकी बसपार्कले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय