वीरगञ्ज, ३२ साउन । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले अफगानिस्तानमा फसेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्न माग गरेका छन् ।

प्रतिनीधिसभामा सम्बोधन गर्दै सांसद् यादवले नेपालको ध्वजाबाहक बिमानमार्फत अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने माग गरेका हुन् ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार गर्ने साहसी निर्णय गरेपनि निर्णयलाई कार्यन्वयन गर्नुपर्नेमा उनले जोड दिए । ‘बोलेको लुर होगैल त सब दुःख दुर होगैल’ भन्ने भोजपुरी उखान संसदमा सुनाउँदै सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग गरेका छन् ।

न्यायको मन्दिरमा ताला लगाउन खोज्ने र देशलाई बन्धक बनाउने ओलीले कानुनको खिल्ली उडाएको सांसद यादवको तर्क छ । दुई–दुई पटक आफैले विघठन गरेको संसदमा आएर विरोध गर्नु लज्जास्पद एवम् हाँस्यास्पद भएको यादवले टिप्पणी गरे ।

जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका यादवले वर्तमान गठबन्धनको सरकार १८ महिना नभएर पुनः निर्वाचित भएर ५ वर्ष सम्म सरकार चलाउने दावी गरे । उनले भने, ‘हटी हैन डटी लड्ने नेपालीको बानी भएजस्तै साहसी प्रधानमन्त्री देउवालाई हेप्ने कार्यलाई जनताले माफी दिने छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय