वीरगंज, भदौ १९ । लायन्स क्लब अफ वीरगंज मिलेनियमले वीरगंज कारागारमा रहेका महिला कैदी बन्दीहरुलाई तीजको अवसरमा दर खुवाएको छ ।
लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष लायन सुमन श्रेष्ठले वीरगंज कारागारका महिला कैदी बन्दीहरुलाई विगत सात वर्षदेखि दर खुवाउँदै आएको र शनिवार त्यसलाई निरन्तरता दिएको बताए ।
वीरगंज कारागारमा ८० जना महिला कैदी बन्दीहरु रहेको र उनीहरुलाई आज दर खुवाउनुका साथै श्रृंगारका सामग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
दर खुवाउने कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले लायन्स क्लबले महिला कैदी बन्दीहरुलाई कारागारमा दर खुवाएर तीज पर्वप्रति देखाएको चासोको सराहना गरिन् ।
उनले विभिन्न कारणबाट जेलजीवन बिताउन बाध्य महिलाहरुलाई निराशपूर्ण जीवन व्यतीत गर्न नहुने सुझाउँदै कारागारभित्र तीज पर्व रमाइलो गरी हर्षोल्लासका साथ मनाउन आग्रह गरिन् ।
कार्यक्रममा लायन्स क्लबका सिनियर डिष्ट्रिक्ट एडभाइजर लायन पशुपति विक्रम शाह, डिष्ट्रिक्ट चेयरपर्सन लायन उषा शाह, एरिया चिफ लायन बासु तिमिल्सिना, को-चिफ डिष्ट्रिक्ट एडभाइजर लायन राम बिहारी पाण्डे, डिष्ट्रिक्ट डेपुटी चिफ लायन उमेश साह कानु, रिजन चेयरपर्सन लायन कलिमुल्लाह अन्सारी, जोन चेयरपर्सन लायन रामेश्वर गुप्ता, लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन किरण अग्रवाल लगायत कारागारका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times