बीरगंज २८ भाद्र ।
पर्सा वारा लगायत नेपाल भारत सिमा वर्ती क्षेत्रमा आतंक मच्चाउदै आएको अपराधी गिरोहका नाईके फुलहसन अन्सारी उर्फ विवेक सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बीरगंजको विर्ता बजार, घण्टाघर स्थित मिना बजार लगायतका स्थानमा बम विफोष्ट गरी उद्योग व्यवसायि तथा सर्वसाधारणबाट चन्दा असुली गर्ने अपराधिक गिरोहमा संलग्न फरार अभियुक्त फुलहसन अन्सारीलाई आज विहान वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताउनु भयो । अभियुक्त सहितको गिरोहले २०७६ साउन २४ गते वीरगंजको विर्ता बजार, २८ गते घण्टाघर नजिकैको मिनाबजारमा बम विष्फोट गराएका थिए ।
प्रहरीले बम विष्फोट तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा वीरगंज महानगरपािलका वडा नम्बर २४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारी लाई पक्राउ गरी निजहरु उपर विष्फोटक पदार्थ खरखजाना तथा संगठित अपराध अन्तरगतको मुद्दामा पर्सा जिल्ला अदालतले २ बर्ष ६ महिना कैद र २५हजार जरिवानाको फैसला भई निजहरु बीरगंज कारागारमा कैद सजाय भुक्तान गरी रहेका छन भने अपराधिक गिरोहका मुख्य योजनाकार फुलहसन अन्सारी घटना पश्चात फरार भएको प्रहरी उपरिक्षक पाण्डेले बताउनु भयो । फरार भएका अभियुक्त अन्सारी भारतको मुजफ्फरपुरमा आफनो नाम र पहिचान ढाटेर अंकित पटेलको नामबाट भारतीय आधारकार्ड बनाई उतै बस्दै आएको अवस्थामा फेरि वीरगंजका उद्योगी तथा व्यपारीहरुलाई फोन मार्फत धाकधम्की दिई रकम असुली गर्ने कार्य सुरु गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ ।
अभियुक्त फुलहसन अन्सारी उर्फ विवेक सिंहले २०६५ पुस ७ गते वीरगंज महानगरपािलका वडा नम्बर १३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा हतियार सहित पक्राउ गरिएको र अदालतबाट निज उपर सर्वस्वसहित जन्मकैद ठहर भई कैद भुक्तान गरी रहेको अवस्थामा २०७४ असोज ८ गते विजयादशमीको अवसरमा ५६ प्रतिशत बाँकी कैद मिनाहा भई वीरगंज कारागारबाट छुटेका थिए । अभियुक्त फुलहसन अन्सारी हाल वीरगंज महानगरपालिका वडा नम्बर २० अपोनीको विभिन्न अपराधमा संलग्न विदेशी साहको समूहमा आवद्ध भई दर्जनौ अपराधिक घटना घटनाएको अनुसन्धानको क्रममा खुलेको हुँदा निजको थप अपराधमा समेत संलग्नता देखिएको प्रहरी उपरिक्षक पाण्डेलेबताउनु भयो । अभियुक्तलाई विष्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा संगठित अपराध अभियोगमा कारवाही अगाडी बढाईएको प्रहरी उपरिक्षक पाण्डेले बताउनु भयो ।
चाडवाड भित्रिने क्रमसँगै बीरगंज लगायतका सिमावर्ती बजारहरुमा अपराधिहरुको चलखेल बढन थाले लगतै पर्सा प्रहरीले उच्च निगरानी राख्दा अन्सारी पक्राउ परेको पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय