वीरगञ्ज । विश्वकै सबैभन्दा ठुलो सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लब इन्टरनेशनलका पुर्व इन्टरनेशनल डाईरेक्टर लायन संजय खेतान संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा लायन्स क्लब मार्फत सामाजिक सेवामा महत्त्वपूर्ण योग्दान पुर्‍याए वापत प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनु भएकोमा अाज वहाँलाई वीरगंजमा भब्य रुपमा सम्मानित गरिएको छ ।
अल लायन्स एण्ड लियो क्लब अफ वीरगंज, जीतपुर-सिमरा, कलैया, गञ्जभवानीपुर र अमलेखगञ्ज एरियाका लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा वीरगञ्जको होटल मकालुमा खेतानलाई सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन रामप्रसाद भट्टले सरकारद्वारा हाम्रा पुर्व इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानलाई विशुद्ध रूपमा सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याए वापत प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेकोमा यो सम्मान सम्पूर्ण लायन्स क्लबहरूको लागि गौरवको विषय भएको र यसले आगामी दिनहरूमा हामी लायन्स क्लबमा अावद्ध साथीहरूलाई थप जिम्मेवार र सामाजिक विकासको क्षेत्रमा नयाँ उर्जाका साथ सक्रिय हुने प्रेरणा मिलेको बताउनु भयो ।
लायन्स क्लब एरिया नम्बर २ का एरिया चीफ लायन बासु तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा फर्स्ट लेडी लायन संगीता खेतान, लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर.पी. खेतान, डिष्ट्रिक्ट एक्ज्यूकेटीभ चीफ लायन डि.एन. अग्रवाल, को-चीफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, डिष्ट्रिक्ट डेपुटी चीफ लायन उमेश साह कानु, सिनियर डिष्ट्रिक्ट एडभाइजर लायन विजय गुप्ता, एअ‍ोजी लायन रिकेश साह, रिजन चेयरपर्सन लायन विजया अोझैया, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन चन्द्रशेखर पटेल, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन श्याम गुप्ता, रामेश्वर गुप्ता, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन किरण अग्रवाल, मिलेनियमका अध्यक्ष लायन सुमन श्रेष्ठ, सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवाल, परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, एक्सिलेन्सका अध्यक्ष लायन राजीव झा लगायत लायन्स क्लबका अन्य सदस्य एवं पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय