बीरगंज ७ असोज ।
यातायात ब्यबस्था कार्यालय नारायणीले आजदेखि अस्थायी सवारी चालक अनुमति पत्र वितरण कार्यको शुभारम्भ गरेको छ । बिगतका बर्षहरुमा सवारी साधनको लागि लिखित र ट्रायल दिएर पास भएका तर बिबिध कारणले स्मार्ट लाइसेन्स नपाएकाहरुको गुनासो सम्बोधन गर्दै अस्थायी सवारी चालक अनुमति पत्र आज एक कार्यक्रम बिच बितरण गरिएको कार्यलय प्रमुख सुशिल साहले बताउनुभयो । पर्साको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आज ५ जनालाई त्यस प्रकारको लाइसेन्स बितरण गरेर सेवा प्रारम्भ गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै सहज र सरल तरिकाले पारदर्शी र पूर्ण रुपमा सेवा प्रबाह हुनुपर्ने धारणा समेत राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश महासचिब श्याम बन्जाराले जिम्मेवारपूर्ण रुपमा सेवा ग्राहिहरुलाई सरकारकारी कार्यालयका अधिकारीहरुले ब्यबहार गर्नुपर्ने धारणा राख्नुहुँदै अपारदर्शी कामले शंका उत्पन्न हुने भएकाले त्यसबाट शिक्षा लिएर अघि बढ्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पर्साका अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, ट्राफिक कार्यालय पथलैयाका प्रहरी उपरिक्षक लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की, यातायात सवारी फाटका प्रमुख लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय