काठमाडौं – क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजना तथा रोज शिप विकाश तालिम केन्द्रको व्यवस्थापनमा नेपालमा पहिलो पटक सौन्दर्यकर्मी, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि आयोजित “नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८” कार्यक्रममा फेमिन ब्युटी होम एण्ड ट्रेनिङ्ग सेन्टर वीरगंजकी संचालिका एवं लायन्स क्लबकी वुमेन इम्पावरमेन्ट डिष्ट्रिक्ट चिफ लायन गुड्डी जोशीलाई बेस्ट ब्युटिसियन अफ दि इयर २०७८ एवार्डबाट सम्मानित गरिएको छ । बेस्ट ब्युटिसियन अफ दि इयर २०७८ एवार्डबाट सम्मानित लायन गुड्डी जोशी लामो समयदेखि सौन्दर्य व्यवसाय तथा लायन्स क्लब मार्फत सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।

सुन्दरताको क्षेत्रमा महत्त्वपुर्ण योगदान पुर्‍याएका ब्युटी पार्लर, ब्युटी ट्रेनिङ्ग सेन्टर, सौन्दर्य व्यवसायसँग आवद्ध सम्पूर्ण विधा–मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड सम्पन्न गरिएको कुरा रोज शिप विकाश तालिम केन्द्रकी अध्यक्ष वरिष्ठ सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराउनु भएको छ ।

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा विशेष अतिथि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समुन्द्र भट्ट, वरिष्ठ अभिनेता धिरेन शाक्य, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षेत्रि, अभिनेता प्रशान्त ताम्राकार लगायतका रहेका थिए ।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ व्यवस्थित गर्ने र पार्लर व्यवसायहरुलाई छुट्टै उँचाइमा पुर्‍याउन र ब्युटिसियन अवार्डको महत्त्वलाइ अझ फराकिलो बनाउँदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाई उच्च बनाइ पार्लर तथा कस्टमेटिक व्यवसायलाई उद्योगको रुपमा स्थापना गर्न यस अवार्ड कार्यक्रमको आयोजना गरिएको अवार्डका संस्थापक निर्देशक सुर्य चन्दले बताउनु भयो ।

अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्‍याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय