बीरगंज, कार्तिक १६ ।
पर्सा जिल्ला आदालत परिसर तथा वरिपरिको ठाउलाई व्यवस्थीत बनाउन मंगलवार सरोकारवाला बीच छलफल भएको छ । पर्सा जिल्ला आदालतका मुख्य जिल्ला न्यायाधिश माननीय धर्मराज पौडेल ,बीरगन्ज महानगरका प्रमुख बिजय सरावगी, सखुवा प्रसौनी गाउपालिकाका अध्यक्ष प्रदिप जयसवाल , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, बार एशोसीयशन पर्साका अध्यक्ष ओमप्रकाश गुप्ता, सहसचिव प्रतिमा चौरसियाको सहभागिताका आदालत परिसरलाई व्यवस्थीत बनाउदै वरिपरि हुने सवारीको भिडभाड नियंत्रण गर्ने छलफल भयो ।
अदालत परिसरमा रहेको खाजा घर , प्रहरी बिट ,भान्सा कोठा मर्मत तथा निर्माण गर्ने , त्यसैगरि अदालतको गेट देखी सरकारी वकील कार्यालय सम्मको रोडमा हुने भिडभाड तथा अव्यवस्थित रुपमा राखिने सवारी साधनलाई जिल्ला समन्व्य समिती अगाडी दुबै तर्फको खाली जग्गामा पार्की¨ सेड निर्माण गर्ने छलफल भएको हो । यस्कालागि बीरगन्ज महानगर पालिकाले तथा सखुवा प्रसौनी गाउपालिकाले सहयोग गर्ने छ ।
महानगरका प्रमुख सरावगीले महानगरबाट छठपछि मुल्यांकन गरि निर्माण कार्य गर्ने बताउनु भयो । यस्कालागि अदालत र बार एशोसीयशनले महानगरलाई लिखित आग्रह गर्न सुझाव सरावगीले दिनु भयो । अदालत , अस्पताल तथा बीरगन्जमा रहेको अन्य सार्वजनिक महत्वको कार्यालयको संरक्षण र सुविधाकालागि महानगर मात्र होइन, सबै पालिकाहरुले अग्रसरता लिनुपर्ने बताउनु भयो ।
सखुवा प्रसौनीका अध्यक्ष जयसवालले अदालत परिसरमा जिल्लाभरि कै सेवाग्रहीको भिडहुने गरेकोले यस्को व्यवस्थापनमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय