बीरगंज ।
बारा जिल्लाको १६ स्थानीय पालिकाहरुमध्ये एक बर्ष भित्रमा सबै भन्दा बढी कलैया उपमहानगरपालिकामा अपराधजन्य घटनाहरु भएका छन । १६ पालिका मध्ये १ बर्षमा कम आपराधिक घटना भएको पालिकामा फेटा गाउँपालिका रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखाले दिएको तथ्यांक अनुसार विगत एक बर्ष यता कलैया उपमहानगरपालिकामा २ सय ४३ वटा अपराध सँग सम्बन्धित घटना भएका छन् भने फेटा गाउँपालिकामा ११ वटा घटना भएका छन् । यसैगरी जितपुरसिमरा उपमहानगरपालिकामा १७७, निजगढ नगरपालिकामा ६९, महागढीमाई नगरपालिकामा ६३, सिम्रौनगढ नगरपालिकानमा ५०, कोल्हवी र पचरौता नगरपालिकामा ४४÷४४ वटा अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । यसैगरी परवानीपुर गाउँपालिकामा ३१, प्रसौनी र आर्दश कोतवाल गाउँपालिकामा २८÷२८ वटा विविध घटना भएको छ । बिश्रामपुर गाउँपालिकामा २७, सुर्वण गाउँपालिकामा २१, करैयामाई गाउँपालिकामा २०, बारागढी गाउँपालिकामा १८ र देवताल गाउँपालिकामा १३ वटा विविध अपराधको घटना भएको तथ्यांक जिल्ला प्रहरी कार्यालय वारामा रहेको छ । बढी अपराध भएको कलैया उपमहानगरपालिकामा ८७ वटा अभद्र व्यवहार, बैकिङ्ग कसुर २८, आत्महत्या १९, भवितव्य ज्यान र चोरी १८÷१८ वटा, सवारी ज्यान १२, ठगी ९, बिष सेवन र ज्यान मार्ने उद्योग ८÷८ वटा, ज्यान सम्बन्धी, लागु औषध र जबरजस्ती करणी ४÷४ वटा, कर्तब्य ज्यान, कुटपिट र बहुबिबाह ३÷३ वटा, कालो बजारी, अप्राकृति मैथुन, किर्ते र अपहरण २÷२ वटा, जुवा, साट्टाबाजी, फुटकर ज्यान, अपराधिक लाभ, मानव बेचबिखन, नागरिकता र सवारी अंगभंग १÷१ वटा घटना भएको बारा प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times