वीरगञ्ज, पुष ११ । पर्सा प्रहरीले २८ दिनमा एक करोड पचास लाख भन्दा बढी मुल्य बराबरको भन्सार छली ल्याइएका तस्करीका सामाग्रीहरु पक्राउ गरी राजस्व दाखिला गराउन सफल भएको छ । गत मंसिर १२ गते पर्सा प्रहरी प्रमुखको रुपमा एस.पी. रमेश बस्नेतको आगमन भए पश्चात उनको कमाण्डमा खटिएको प्रहरी टोलीले थोरै समयमा एक करोड पचास लाख भन्दा बढी रुपैया राजस्व सरकारी कोषमा दाखिला गराउन सफल भएका छन् ।

एस.पी. बस्नेतले मंसिर महिनामा मात्र १ करोड १३ लाख ७० हजार ९ सय ३७ रुपैया र पुष महिनामा ३४ लाख १७ हजार ८०० रुपैया बराबरको भन्सार छली ल्याएको तस्करीको सामाग्री बरामद गरी कुल एक करोड ४७ लाख ८८ हजार ७३७ रुपैया राजस्व दाखिला गराउन सफल हुनु भएको छ ।

एस.पी. बस्नेतलाई प्राप्त भएको विशेष सुचनाको आधारमा पर्सा प्रहरीले वीरगञ्जको विभिन्न स्थानहरुबाट चोरी पैठारी गरी अवैध तरिकाले भन्सार छली ल्याइएका तस्करीका सामाग्रीहरु पक्राउ गरी थप कारवाहीको लागि वीरगञ्ज भन्सार र राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

यसै गरी श्रोत नखुलेको १८ लाख नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।
एस.पी. बस्नेतको सक्रियताले विभिन्न मुद्दामा फरार रहेका ७ जना अपराधीलाई पक्राउ गरी कारवाही गरिएको पर्सा जिल्ला अदालतका एक कर्मचारीले बताए, ७ जना फरार अपराधीहरुबाट १ लाख ७५ हजार ५ सय ९९ रुपैया जरिवाना गरिएको समेत बताए ।

त्यसैगरी पर्सा प्रहरीकै सक्रियताका कारण वीरगञ्ज भन्सारले लक्ष्य भन्दा बढी राजश्व उठाउन सफल भएको वीरगञ्ज भन्सार श्रोतले जनाएको छ ।

एस.पी. बस्नेतले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदैे जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो । वहाँले कुनै पनि प्रहरी गलत क्रियाकलापमा संलग्न रहेको प्रमाण भेटिएको खण्डमा कडा कारवाही गरिने समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय