बीरगंज २१ पुस ।
अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याइएको भारतीय नम्बरको स्कारपियो प्रहरीले पक्राउ गरी भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष दस्ताले भारतीय नम्बरको स्कारपियो गाडी भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचनाको आधारमा आज खोजतलासको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडकखण्डमा विआर ०५ एच ४९९५ नम्बरको भारतीय स्कारपियो गाडी सडक छेउमा बेवारिसे अवस्थामा बरामद गरेको छ । बरामद गरिएको गाडीको हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई १५ लाख मूल्याङ्कन गरी थप कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय