बीरगंज २८ पुस ।
नागरिकता नहुँदा अपांगता भएका दुई युवायुवती सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन । पर्सा ठोरी निवासी २१ वर्षीय विशाल अधिकारी र २० वर्षीया सम्झना क्षत्रीले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका छन् । असहाय रहेका विशाल र सम्झना ठोरीकै वृद्धवृद्धा तथा असहाय कल्याण समाज आश्रममा बस्दै आएका छन् । आश्रमका सञ्चालक आशबहादुर गुरुङले अभिभावक बनेर उनीहरूको जन्मदर्ता बनाइदिए पनि प्रशासनबाट नागरिकता बनाउन नसकेको कारण उनिहरु राज्यबाट प्राप्त हुने सेवा र सुविधा लिनबाट बञ्चित भएको गुरुङ्गले बताउनु भयो । विशाल र सम्झना दुवै पूर्ण अपांगता भएका व्यक्ति भएको र उनिहरु अर्काको सहाराले मात्रै हिडडुल गर्ने अवस्थामा छन । राम्रोसँग बोल्न नसक्ने र इसारासमेत बुझन नसक्ने उनीहरूलाई खाना खुवाउने र शौच गराउनेसम्मको काम गुरुङ र उनका सहयोगीहरूले गर्दै आएका छन् । पूर्वभारतीय सैनिक गुरुङले एक दशकदेखि ठोरीमा आश्रम चलाइरहेको र हाल सो आश्रममा ६ जना वृद्धवृद्धा सहित १९ जना असहाय बस्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय