बीरगंज १३ माघ ।
१ करोड ६३ लाख भन्दा बढीको सामान राजस्व छलि गरी बीरगंजबाट बुटवल तर्फ लैजान लागेको आरोपमा पर्सा प्रहरीले गएराति बीरगंजबाट माल बाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड गरी बुटवललग्दै अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं.८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा भन्सार प्रज्ञापन पत्र समेत नरहेको सामान फेला परेपछि ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो । ट्रक सहित सामानको १ करोड ६३ लाख मुल्यांकन गरी थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता खनालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय