वीरगञ्ज, १९ फाल्गुन । चालु महिनामा पर्सा प्रहरीले अवैध रुपमा भन्सार छलीका समान सहित अनुशनधानको क्रममा फरार रहेका प्रतिवादी तथा चोरीका मोटरसाईकल सहित दर्जनौ व्यक्तीलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले फाल्गुन महिनाको १ गते देखी १८ गते सम्ममा ६२ लाख १९ हजार ८ सय ६० रुपैया बराबरको भन्सार छलि भित्रयाएको समानहरु वीरगञ्ज महानगरका विभिन्न ठाउहरुबाट बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
बरामद गरिएका समानहरुमा लता कपडा, हार्डवेयर, खाद्यान्य समाग्री तथा अन्य समान रहेका छन ।
यसैगरी पर्सा प्रहरीले विभिन्न समयमा विभिन्न मुद्धाका ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कार्यवाही गरेको छ ।
अनुशनधानको क्रममा फरार रहेका प्रतिवादीहरुलाई वीरगञ्ज तथा पर्साको ग्रामीण भेगका विभिन्न ठाउहरुबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
फाल्गुन महिनाको १ गते देखी १८ गते सम्ममा वीरगञ्ज महानगरका विभिन्न ठाउहरुबाट चोरी भएको १८ वटा मोटरसाईकल मध्ये पर्सा प्रहरीले ५ वटा मोटरसाईकल सहित ८ जना चोरहरुलाई पक्राउ गरी कार्यवाही गरेको छ ।
पर्सा प्रहरीको अपराध अुनशनधान हेर्ने क्राईम ब्रान्च शाखाबाट सिभिलमा खटिएको प्रहरी कर्मचारीहरुको सक्रियताले वीरगञ्ज महानगरका विभिन्न स्थानहरुबाट चोरीको मोटरसाइकल सहित उक्त चोरहरुलाई पक्राउ गरिएको हो ।
बरामद हुन नसकेका चोरी भएका मोटरसाईकलहरुलाई पनि खोजी गर्ने कार्य तिब्र रुपमा भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले चालु महिनामा मात्रै विभिन्न लागुऔषध सहित १२ जनालाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडी बढाएको छ ।
प्रहरीले प्रतिबन्धीत लागुऔषध गांजा ८ हजार ८० किल्लो, अफिम ९ किल्लो ३ सय ग्राम, फेनार्गन १ सय ५२ पिस, डाईजिल्याब १ सय ५२ पिस, नुर्फिन १ सय ५२ पिस, नाईट्रोभ्याट ५ सय ६ पिस तथा कोरेक्स बोतल ३४ पिस बरामद गरेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।