वीरगंज २ चैत्र ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गर्नु भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरद्वारा आज वीरगंजमा आयोजित चेतनामुलक ¥याली एवं कार्यक्रमलाई सम्बोधन गर्दै एसपी बस्नेतले सो अपिल गर्नु भएको हो । रङ्गहरुको पर्व होलीलाई उच्छृंखल गतिविधिबिना सभ्य भएर मनाउनुपर्नेमा एसपी बस्नेतले जोड दिनुभयो । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्शनगर भएर हिँड्ने पैदल यात्रु, मोटरसाइकल चालक एवम् अन्य सवारी चालकहरुलाई सचेतनामुलक सन्देशसहितको पर्चा वितरण गरिएको थियो । जबरजस्ती रंग नलगाउन, सभ्य भएर होली मनाउन, देखासिकी र फजुल खर्च गरेर चाड नमनाउन, कसैको ईच्छाविपरित रंग तथा लोला हान्ने काम नगर्न लगायतका सन्देशहरु पर्चामा उल्लेख गरिएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, प्रहरी चौकी आर्दशनगरका प्रहरी नायब निरीक्षक गौरीशंकर साह, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराई सहित सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय