वीरगंजः जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकमाथि चरम यातना दिएको आरोपमा एकजना प्रहरीलाइ विभागीय कारवाही सुरु गरेको छ। प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगंज ९ बस्ने वर्ष २५ का विजय श्रेष्ठमाथि प्रहरीको थुनामा यातना दिएको पुष्टि भएपछि ति प्रहरीमाथि कारबाही अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा थुनुवा कछमा कार्यरत प्रहरी जवान अखिलेश गिरिले थुनुवामा शनिबार राति श्रेष्ठमाथि निर्मम यातना दिएको आरोपमा गिरिलाइ कारबाही सुरु गरिएको उनले जानकारी दिए।
शनिबार राति १० बजे घण्टाघर चोकमा मदिरा सेवन गरी हिँडेर घर गइरहेको अवस्थामा घन्टाघरमा प्रहरी सङ सामान्य बादबिवाद भएको थियो । पछि उनलाई जिल्ला प्रहरीको थुनुवा कक्षमा पठाइएको थियो। थुनुवा कछमा युवकमाथि तातो पानी खन्याएर ज्यान लिने प्रयास गरेका थिए। राति पक्राउ गरी यातना दिएर आइतबार बिहानै वडा नम्बर ९ का अध्यक्ष मनोज कलवारको जिम्मा लगाएर छाडिएको थियो।
प्रहरीको नियन्त्रणमा युवकमाथि यातनाको विषयमा सरोकारवालाहरुलाई जानकारी गराए युवकमाथि लागूऔषध मुद्दामा समेत फसाउने धम्की दिएको पीडित यूवकले बताएका छन्। युवकमाथिको ज्यादतीबारे जिल्ला प्रहरी कार्यालय पर्सामा गुनासो पुगेपछि प्रहरी अधिकृतहरुले जवानसँग बयान लिएको थियो। बयानमा प्रहरी जवानको गल्ती देखिएपछि निलम्बित गरि आवश्यक विभागीय कारबाहीको लागि पर्सा प्रहरी अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय