बीरगंज २६ चैत्र ।
प्रहरी र सरकारी वकिल कार्यालयमा बिचौलियाको प्रभावको कारण बारामा चेक बाउन्स गराएकी पीडित महिला आफै थुनामा परेकी छन ।
बारा जिल्ला अदालतमा चेक अनादरमा मुद्दा दिएकी कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी इन्दुकुमारी जैसवालले पैसा फिर्ता पाउनको साट्टो जिल्ला प्रहरी कार्यालय बाराको थुनुवामा पुगेकी छन । दलालको चलखेलको कारण उल्टै उनि माथि चेक चोरीको मुद्दा लगाईएको छ । बढी ब्याज दिने प्रलोभनमा इन्दुकुमारी जैसवालबाट कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी महेशकुमार सर्राफले पटक पटक गरी ९ लाख ८० हजार रुपैया लिएका थिए । इन्दुका श्रीमानले विदेशबाट पठाएको पैसा सर्राफले हात पारेको र पैसाको व्याज सहित साँवा लिन जाँदा उनले खातामा रकम नभएको चेक काटेर ६ महिना अघि नै दिएका थिए । खातामा पैसा नभएपछि इन्दुले तीन पटक चेकलाई बैंकबाट बाउन्स गराएर रकम असुल्नको लागि बारा जिल्ला अदातलमा चेक अनादर मुद्दा समेत दिएको अवस्थामा उल्टै महेशले चेक चोरीको आरोप लगाएर दलाल मार्फत फसाएको पिडितका परिवारहरुले बताएका छन । अहिले जिल्ला प्रहरी कार्यालय वारा तथा सरकारी वकिलको कार्यालयमा दलाल र विचौलियाको कारण सर्वसाधारणले हैरानी खेप्न बाध्य भएका छन । इन्दुदेवी जस्ता दर्जनौ घटना वारामा विचौलियाको कारण भएका छन । न्याय सम्पादन गर्ने निकाय नै विचौलियाको प्रलोभनमा पसेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times