वीरगंज,चैत्र २७ । स्थानीय तहको निर्वाचन नजिकीदै जाँदा जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।
जसपाबाट वीरगंज महानगरको मेयर पदको प्रत्यासी रहेका राजेशमान सिंहले विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आज वीरगंज–१० मा घरदैलो कार्यक्रम गरेका छन् । उनीसंगै वडा नं. १० बाट वडाध्यक्षका प्रत्यासी सुशिल साहले पनि वडाको प्रत्येक टोल र घरघरमा भेटघाट गरेका थिए । गत स्थानीय निर्वाचनमा झिनो मतले पराजित साहले विगत ५ वर्षको कार्यकालमा जनताको दुख, सुखमा हाथोमालो गर्दै युवाहरुको जनाधार बोकेका सफले भएका साह नै जित्ने प्रवल सम्भावना कार्यक्रममा देखिएको जनलहरले देखिन्छ ।
यस्तै, पार्टीले औपचारिक रुपमा राजेशमान सिंहलाई जसपाबाट महानगरको मेयरको उम्मेदवार घोषणा गरेदेखी नै प्रत्येक वडामा जनलहर बढ्दै गएको छ । घरदैलो कार्यक्रममा नेता सिंहले आफूले महानगरको जमिनसंग जुटेको हरेक मुद्दालाई प्राथमिकतामा राख्दै महानगरको शिक्षा, स्वास्थ्य र युवाको रोजगारीका लागि विभिन्न अवसर सृजना गरि कार्य गरिने भन्दै वीरगंजको हरेक वडामा कार्यक्रम गर्दै जनतासंग भेटघाट कार्यलाई तिब्रता दिएका छन् ।
नेता सिंहले आफू मेयरमा निर्वाचित भए बर्तमान मेयर विजय सरावगीले गरेको भ्रष्टाचारलाई भण्डाफोर गरि कानुनी कटघारामा उभ्याउने बताउँदै आएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times