वीरगञ्ज । केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी र वडा नम्बर ५ का निर्वाचित सदस्य सुरज पटेल पुनः जसपामै फर्केका छन् ।
अन्सारी र कुर्मीले आज पुनः जसपामा प्रवेश गरेका हुन् । उहाँहरुलाई सांसद प्रदीप यादवले फुलमाला लगाएर पुनः पार्टीमा फिर्ता ल्याएका छन् ।
जसपाको नेतृवसँग रुष्ट भएर एमाले प्रवेश गरेका सदस्यद्वय सँग जसपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले भेटघाट गरेर असन्तुष्टिहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु पुनः जसपामा फर्केको बुझिएको छ ।
उनीहरुलाई प्रवेश गराउँदै सांसद यादव नेताहरुको वापसीसँगै जसपामा ऊर्जा थपिएको बताए । ‘उहाँ जस्ता युवाहरु पार्टीको ऊर्जा हुनुहुन्छ । युवा नेता गएदेखि पार्टी अलि खल्लो जस्तो भएको थियो,’ यादवले भने, ‘फिर्ता आएपछि पार्टीमा रौनक बढेको छ ।’
यादवले जनतालाई एमालेले धेरै दिनसम्म भ्रमित पारेर राख्न नसक्ने बताए । मधेस आन्दोलन चलिरहँदा जनताको टाउको र छातीमा गोली चलाउने एमाले आज मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याउन खोजिरहेको उनले आरोपसमेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय