वीरगञ्ज, ८ बैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका रञ्‍जित साहसहित १ सय भनदा बढीले जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्जको ओमआश्रमस्थित जसपा पर्साको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा साहसति ताराचन्द पण्डित, हफिज मियाँ, शुकराज साह कानु, धुरी साह कानु, नाजिर मियाँ, रसुल मियाँ, भिक्हम अन्सारी, अब्दुल मियाँ लगायत १ सय भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रमलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, हरिनारायण रौनियार, केन्द्रिय सदस्य फिरोज मन्सुर, मधेश प्रदेशका प्रदेशसभा सदस्य सिँहासन साह कलवार, जनत अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयरका उम्मेदवार राजेशमान सिंह, मधेश प्रदेश समिति सदस्य गौरीशंकर साह, पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुन लगायतले सम्बोधन गरेका थिए ।

सांसद् यादवले नजिकिदै गरेको स्थानीय तहको निर्वाचनको अवसरमा जसपामा जनलहर बढेको बताए । पछिल्लो समयमा जसपाप्रतिको आकर्षणका कारण जसपाको जित सुनिश्चित भएको यादवको भनाई छ । पर्सा जिल्लामा सँधै पहिलो पार्टीको रुपमा रहेको जसपाले अब पछाडी फर्किनुपर्ने अवस्था नआउने उनले बताए । पार्टीप्रति र जनताप्रति त्याग र योगदान दिएका व्यक्तीहरुलाई पार्टीले अवश्य मूल्यांकन गर्ने भएकाले निरन्तर पार्टीप्रति इमान्दारीताका साथ लाग्न पनि उनले आग्रह गरेका छन् ।

त्यसैगरी वीरगञ्ज महागरको लागि जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहले जसपानै देशको वैकल्पिक पार्टी भएको बताए । उनले अन्य पार्टीले देशका जनतालाई विभिन्न मुद्दा देखाएर मुद्रा कमाउने काम मात्र गरेको आरोप लगाउँदै भने, ‘पर्सा जिल्ला र समग्र मधेश प्रदेशको विकास जसपा पार्टी नेतृत्वमा मात्र सम्भव छ । अन्य पार्टीले देशवासीलाई भ्रमित पारेर मात्र राखेका छन् । सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा जसपाका सम्पूर्ण उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर जिताउन आग्रह पनि गरे ।

बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जसपाले चुनावी गतिविधिलाई बढावा दिएर निरन्तरता दिइरहेको जसपा पर्साका सचीव एवम् स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति संयोजक तबरेज अहमदले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय