वीरगञ्ज, १८ बैशाख । नेपाल औषधी बिक्रि तथा प्रतिनीधि संघ (एनएमएसआरए) वीरगञ्जले मजदुर दिवस मनाएको छ । १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा संघले वीरगञ्जमा मोटरसाइकल र्याली निकालिएको हो ।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको मोटरसाइकल र्याली बसपार्कबाट नेशनल मेडिकल कलेज, छपकैयाँ हुँर्द नारायणी अस्पतालमा गएर टुंगिएको थियो । मजदुरहरु एक हुनुपर्ने सन्देश प्रवाह गर्न एवम् मजदुरको अधिकार सुनिश्चितताका लागि र्याली निकालिएको संघका सचिव राम गोसाईले जानकारी दिए ।
संघका अध्यक्ष मनोज साहको सभापतित्वमा निकालिएको मोटरसाइकल र्यालीपछि नारायणी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको संघका सदस्य शशिकान्त सर्राफले जानकारी दिए ।
सर्राफकाअनुसार सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण महतो, कोषाध्यक्ष सुदिप चौरसिया, सहसचिवद्वय मौसम भट्टराई, अजय सोनार, सदस्य बिशाल गिरी, सागर गुप्ता, अजित कुश्वाह, दीपेन्द्र कलवार लगायतको उपस्थिती रहेको थियो ।