वीरगंज २४ बैशाख ।
वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वीरगञ्ज महानगरमा उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले घरदैलो अभियानलाई तीव्रता दिनु भएको छ ।

गुलाफ छाप चुनाव चिन्ह लिदै महानगरको विभिन्न वडाहरुमा पुगेर घर घर पुग्नुभएको छ ।
नगरवासिको माया प्रेम सधै पाएकि छु । चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला,पुरुष,यूवा सबैबाट सहयोग साथ पाउने आशा व्यक्त गर्नु भएको छ ।

आज वीरगञ्ज महानगरको गा्रमिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको देखीन्छ । यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दु्रभाग्य रहेको बताउनु भयो । कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ । नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताउनु भयो ।

विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय