वीरगन्ज, असोज १७ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जमा बच्चाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा आमाछोरा गम्भीर घाइते भएका छन् ।

प्रहरीमा दिएको निवेदनको रिसइवीमा स्थानीय सन्तोष माली र अशोक मालीको परिवारजनले बिच बाटोमै श्याम चन्द्र यादवलाई घेरी घाँटीमा चक्कु प्रहार गरेका थिए । प्रतिकार गर्ने क्रममा यादव र उनकी करिब ७० वर्षीया आमा सन्फी देवी समेत गम्भीर घाइते बनेका हुन् । यादवको हातमा ५ वटा टाका लागेका छन् भने उनकी आमा हाल वीरगन्ज हेल्थ केयर अस्पतालको आईसीयूमा भर्ना रहेको पीडित यादवले बताएका छन् ।

घटनापछि यादवले दोषीलाई कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । यादव परिवारको भनाइ अनुसार माली परिवारले योजनाबद्ध रूपमा आक्रमण गरी गम्भीर घाइते बनाए पनि बाहिरी मान्छे बोलाएर कुटिएको जस्तो आरोप लगाई घटनालाई गुमराह पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

यता, माली परिवारले भने आफूहरूलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय