रौतहट २४ बैशाख ।
स्थानिय तहको निर्वाचन नजिकिए संगै जनताको घरदैलोमा उम्मेदवारहरुको ताँती नै लागेको छ । राजपुर नगरपालिकामा मानव साङ्गलो नै लिएर जनताको घरदैलोमा पुग्न लागेका उम्मेदवारहरुलाई जनताले जति आश्वस्त पारेर पठाउने गरेका छन् त्यति नै विरोध समेत गर्ने गरेको पाईएको छ । विभिन्न झुठा आस्वाश्न बाडेर पटक पटक विभिन्न तहको निर्वाचनमा जनताको अमुल्य मत लिई जनताको चाहना अनुरुप विकासका काम नगरेका उम्मेदवार र सो दलका अन्य उम्मेदवारहरु लाई अहिले जनताको जिज्ञासाको चित्त बुझदो जवाफ र्फकाउन हम्मे हम्मे परेको छ । पछिल्लो निर्वाचनबाट राजपुर नगरपालिकामा स्थानियर सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका उम्मेदवारलाई यो पटकाको निर्वाचनमा जनताले खासै नरुचाको प्रतिक्रिया पाउँन थालेको छ । पछिल्लो स्थानिय सरकारको कामकारवाहि सन्तोषजनक नरेको भन्दै राजपुर नगरपालिका का आम नागरिक रुष्ट देखिएका छन् । सो पालिकामा पछिल्लो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु मध्ये नै अधिकांश अनुहार पुनः दोहोराए पछि त्यहाँका जनता परिर्वतनको पक्षमा मतदान गर्ने तर्फ बढि अग्रसर रहेको बुझिएको छ । स्थानियहरुका अनुसार विगत २० वर्ष पुरानो राजपुर र अहिलेको राजपुरमा खासै कुनै फरक हुन सकेको छैन । विभिन्न मिश्रीत दलहरुका जनप्रतिनिधिहरु स्थानिय सरकारमा सहभागी भई सक्दा पनि आपसी तालमेत नगरी भित्र भित्र दण्द्ध र्सिजना गरी जनताको विकासलाई नै बाधा पुर्याएकोले यो पटक परिर्वतनले मात्रै राजपुर नगरपालिकाको विकास सम्भव रहका स्थानियहरुले प्रतिक्रिया दिएका छन् । दुई दशक देखि पटक पटक राजपुरका जनताले नेपाली कांग्रेसका उम्मेदवार लाई जनमत दिई अवसर दिएको तर ति प्रतिनिधिहरुले हरेक पटक जनतालाई धोका दिएकोले पनि यो पटक हामी परिर्वतनको पक्षमा राम्रो उम्मेदवारलाई विजय बनाउने स्थानिय युवा बदरुदिन अंसारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय