वीरगन्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ ईस्लामपुर स्थित भेडाहा खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको आज स्थलगत निरीक्षण गरेका छन ।

उनले निरिक्षणको क्रममा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट र संवादले स्थानीयवासीको पीडा र समस्याहरू नजिकबाट सुन्ने अवसर पाएका हुन । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले बाढीले पुर्‍याएको क्षतिको पुनर्स्थापना र भविष्यमा दीर्घकालीन समाधानको योजना बनाउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय