वीरगन्ज — पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षीय युवा हुन् । उनले भारतको देहरादुनबाट बीबीएसम्म अध्ययन गरेका छन् ।उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भइन् । बशिष्ट ११७ मतले कांग्रेसका उम्मेदवार अजय पटेललाई पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ । वशिष्टले ३ हजार ७ सय ४३ मत ल्याएका छन् भने कांग्रेसका अजयले ३ हजार ६२६ मत प्राप्त गरेका छन् ।
कांग्रसकी राजमती जसपाकी उम्मेदवार सहानी खातुनलाई १ सय ११ मतले हराउँदै विजयी भएकी हुन् । राजमतीले ३ हजार ९८२ मत ल्याएकी छन् । जसपाकी खातुनले ३ हजार ८५९ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडाध्यक्षमा जसपा, एक/एक वटामा एमाले र कांग्रेस विजयी भएको छ ।वडा नम्बर १ मा जसपाका लालबाबु चौरसिया, २ मा एमालेका सोनालाल चौरसिया, ३ मा जसपाका संजय पटेल, ४ मा कांग्रेसका सञ्जय साह र ५ मा जसपाकै जयनारायण पटेल विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय