बिरगंज ३० जेठ ।
अनियमित लोडसेडिङ , अनियमित बिधुत कटौती , voltage fluctuation र वीरगन्ज बिधुत प्राधिकरणको लापरबाहीको विरुद्धमा वीरगन्ज पावरहाउस चौक स्थित विद्युत प्राधिकरणको मुल गेटमा लोसपाका वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा प्रदर्शन एवं कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराइएको छ। बिहान १० बजे देखि १२ सम्म गरिएको प्रदर्शनमा सखुवा परसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले पनि समर्थन गरेका थिए। प्रदर्शनमा नेता राजेश साह, राजनरायण मिश्रा,समाजिक अभियन्ता बृजेस्वर चौधरी , युवा नेताहरु कृष्ण गुप्ता, सन्जय पटेल , कृष्ण गुप्ता,सागर सरार्फ ,निशेस यादव, किशोरी साह, मोहम्मद असलम,महिला अभियन्ताहरु उषा अधिकारी ,अन्जना गुप्ता, रेखा सरार्फ, रानी शर्मा लगायतको सहभागिता रहेको थियो । नगर अध्यक्ष सरार्फ लगायतका टोलिले वीरगन्ज बितरण केन्द्रका प्रमुख इ. जितेन्द्र झा सङ छलफल गर्दै समस्याहरु समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए। उठान भएको बिषयहरु जायज र जनसरोकारका बिषयहरु रहेकोले आजै देखि समाधानमा लाग्ने प्रमुख झाले आस्वस्त दिएका थिए।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times