वीरगंज १७ असार ।
बैंकिङ कसुर मुद्दाका एक बर्ष देखि फरार एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ निवासी ४९ वर्षीय दशरथ ठाकुर हजाम छन् । उनलाई प्रहरीले बुधबार साँझ वीरगन्ज–१ छपकैयाबाट पक्राउ गरी बिहीबार जिल्ला अदालतमा बुझाएको छ । हजामले २०७६ असार ७ गते कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नम्बर ४ बस्ने तिलकराम गुप्ताले संचालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट ४५ लाख रुपैयाँ उधारो कारोबार गरी फरार रहेको उजुरी परेको थियो । हजाम हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर ४ मा गढीमाई सप्लायर्सको संचालकको रुपमा भरतपुर बस्दै आएका थिए । तिलकराम गुप्ताले हजामविरुद्ध दिएको मुद्दााके आधारमा उच्च अदालत पाटन हेटौंडा इजलास संयुक्त वाणिज्य इजलासले १२ लाख २६ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतमा बुझाएसँगै ठाकुरलाई कानुनी कारवाही भुक्तानका लागि वीरगंज कारागार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय