वीरगंज,२२ असार। प्रतिबंधित लागुऔषध गांजा सहित प्रहरीले वीरगंजबाट दुईजना भारतीय नागरिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला मउ कमलसागर गोपालपुर बस्ने वर्ष ३० को रविकान्त भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नं.१० का २८ वर्षीय सुनिल भारती रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ९० किलो लागुऔषध गाँजा सहित दुवैजनालाई पक्राउ गरेको हो।
लागु औषध गाँजाको ओसार पसार कार्य भैइरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगही गेट नजिकबाट यूपी ७० बिके ९९५५ नम्बरको इन्डिगो कार सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेको लागुऔषध गाँजा कारको डिकी र सिटमुनी लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो ।
लागुऔषध सहित पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।