बारा ७ साउन । सशस्त्र प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई नजिकैबाट ठुलो मात्रामा लागु औषध गाजा सहित ट्रक बरामद गरेको छ । १ सय ५० किलोग्राम लागु औषध गाजा बोकेको ट्रक भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल छिन्नामस्ता २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध गाजा सहित ट्रक बरामद गरेको छ । डिआईजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको स्कवाड टोलीले लागु औषध गाजा र ट्रक चालक सहित भारतीय गाजा तस्करलाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बा ५ ख ८०७५ नम्बरको ट्रकमा लागु औषध गाजा लोड गरी भारततर्फ गइरहेको बिशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भएको डिआईजी गणेश ठाडा मगरले जानकारी भयो ।
गाजा सहित पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउपालिका वडा नम्बर ६ सानुलेख निवासी २९ बर्षिय राजकुमार रुम्वा र भारतको मोतिहारी जिल्ला संग्रामपुर थाना वडा नम्बर ११ भरवलिया निवासी श्याम महतोलाई लागु औषध गाजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रवार राती करिब १० बजेको समयमा बरामद भएको लागु औषध गाजा ट्रक तथा चालक सहित आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय