वीरगन्ज,१३ साउन /मधेश प्रदेश कै शैक्षिक क्षेत्रमा वीरगन्जको ओम ईन्टरनेशनल एकेडमी साईन्स कलेजले आफ्नो छुट्टै र बिशिष्ट पहिचान बनाइसकेको छ । एक दशक अगाडी स्थापना भएको ओम ईन्टरनेशनल एकेडमी कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।
ओम ईन्टरनेशनल एकेडमी साईन्स कलेज गुणस्तरीय शिक्षा अन्तर्गत मधेशकै शत प्रतिशत नतिजा बर्षेनी दिदै आएको अग्र स्थानमा पुगेको कलेज पनि हो ।
स्थापना कालदेखि नै यस कलेजले बार्षिक परीक्षाहरुमा पटकपटक सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने विभिन्न संस्थाको परिक्षामा समेत निरन्तर रुपमा छात्रवृत्ति कोटामा यस कलेजका विद्यार्थीहरु अग्र स्थानमा पर्दे आएका छन ।
विज्ञान संकायको बार्षिक परीक्षामा प्रथम हुनु बार्षिक परिक्षामा उत्कृष्ट स्थान ल्याउन सफल हुनुले पनि कलेजले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि गरेको कठोर परिश्रमलाई प्रमाणित गर्दछ ।
यस कलेजका विद्यार्थी अहिले सम्म नेपाल एक दर्जन भन्दा बढि मेडिकल कलेजमा छात्रवृतिमा नाम निकालेर अध्ययन गरीरहेका छन । यस्तै भारतको विभिन्न प्रान्तमा पनि यहाँ विद्यार्थी छातवृतिमा पढिरहेका छन ।
यस कलेजले अबलम्बन गरेको महत्वपूर्ण शिक्षण पद्धति भनेकै विद्यार्थी केन्द्रित पठनपाठन पद्धति हो । यस संस्थाले माध्यमिक तह कक्षा ११ र १२ तर्फ बिज्ञानमा प्रदान गर्दै आइरहेको छ ।
विद्यार्थीहरुको क्षमताअनुसारको शिक्षा दिनु नै ओम ईन्टरनेशनल एकेडमी साईन्स कलेजको प्रमुख विशेषता हो । अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको ओम ईन्टरनेशनलले अनुशासित वातावरणमा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन् । मधेश प्रदेश कै उत्कृष्ट कलेज बन्न पुगेका ओम ईन्टरनेशनल एकेडमी साईन्स कलेजका निर्देशक एवं उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान का केन्द्रिय उपाध्यक्ष डा.लालबाबु यादव संग गरिएको कुराकानी जस्ताको तेस्तै ।

–यो कलेज÷एकेडमी यस क्षेत्रकै उत्कृष्ट कलेजको रूपमा कसरी स्थापित भयो ? नतिजा कस्ता आइरहेको छ ?

यो कलेजले आफ्नो करिब एक दशक पूरा गरिसकेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय शैक्षिक जगतमा समेत यहाँका विद्यार्थी पुगीसकेका छन । यस प्रदेश कै ख्याति कमाइ सक्नु भएका शिक्षाविद्हरू निरन्तर एउटै लगावका साथ यो संस्थामा आबद्ध हुनुहुन्छ । हाम्रो शिक्षक टिम सम्भवत सबैभन्दा चुस्त, उच्च स्तरको र दिगो हुनुहुन्छ । हामीलाई मधेशभरिबाट आउने शिक्षक, कर्मचारी, प्रध्यापक, किसान र मध्यम व्यापारिहरूको छोरा छोरी पढ्न आइदिएकाले निश्चत रूपमा विद्यार्थीहरू बढी नै सिकाइमा उद्दत छन् । त्यसैले होला आज यो संस्था उत्कृष्ट संस्थाको रूपमा स्थापित भएको । हामीले प्रत्येक वर्ष ९७% को हाराहारीमा बोर्ड परीक्षाको नतिजा हासिल गर्दै आएका छौं । २०७८ सालमा यही कलेजका विद्यार्थी बारा जितपुर की ज्योती झा ३.९२ जिपिए ल्याउएर नेपाल उत्कृष्ट गरेकी छन ।

– यो कलेजले विद्यार्थीको कुन पक्षलाई ध्यानमा राखेर अध्यापन गराइरहेको छ ?

कलेजमा हामी शिक्षकहरूको तालिमलाई विशेष महत्व दिने गर्छौ । यो हाम्रो नियमित अभ्यास हो । हाम्रा अध्यापकहरू विद्यार्थीको शिक्षण शिकाइमा सहभागिता मूलक क्रियाकलापबाट शिक्षा दिनु हुन्छ । विद्यार्थीलाई प्रोत्साहन र हौसलाको माध्यमबाट सक्रिय गराउँदै साधारण ज्ञानदेखि जटिल र रचनात्मक ज्ञानतर्फ उन्मूख गछौं ।

– हाल कलेजमा कुन–कुन फ्याकल्टी अध्यापन भइरहेको छ ? कति विद्यार्थी अध्ययनरत छन् ?

अहिलेको शिक्षा संरचनाले विद्यालय तहमा कुनै पनि फ्याकल्टी परिकल्पना गर्दैन । जहाँसम्म यहाँले भन्नु भए जस्तै कक्षा ११ र १२ मा गरी हामीसँग करिब १ हजारको हाराहारीमा विद्यार्थी पढ्दै आइरहेका छन् । हामीले विज्ञान संकाय तर्फ विषयहरू पढाइ रहेका छौं ।

– विद्यार्थीहरूका लागि कलेजमा अध्ययन गर्ने वातावरण र ल्याबहरूको व्यवस्था कस्तो छ ?

ओम ईन्टरनेशनलमा एकेडमी कलेजमा अनुशासित वातावरणको पढाइका लागि निश्चित रूपमा अब्बल छ । त्यसैले गर्दा हाम्रो कलेजमा आल्मुनाइ आफ्ना भाइ बहिनी र आफ्नै बाबु नानीहरू पनि यहाँ नै पढाउने गरिरहेका छन् । ल्याबहरूमा र अन्य भौतिक सुविधामा हामी उच्च गुणस्तरका छौं ।

– विद्यार्थीले ओम ईन्टरनेशनल कलेज नै किन रोज्ने ?

हाम्रो विद्यार्थीहरूले बोर्ड टप गरेदेखि यता धेरै पटक बोर्डको सर्वोत्कृष्ट नतिजा ल्याइसके र हरेक वर्ष मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षामा हाम्रो रिजल्ट ट्राक अत्यन्त राम्रो छ । हामीले अवलम्बन गरेको शिक्षण पद्धति, नियमित ध्भभपथि भ्हबm चभनगबिच उचभ–mभमष्अब िबलम उचभ– भलनष्लभभचष्लन अबिककभक सहभागिता मूलक सिकाइ, नियमित नेतृत्व विकास क्रियाकलाप, उत्कृष्ट शिक्षक टिम, उच्च स्तरको भौतिक सुविधा, विद्यार्थी केन्द्रित पठनपाठन पद्धति र औचित्यपूर्ण शैक्षिक शुल्क आदिका कारणले बर्नहार्ट रोज्नुपर्ने भएको हुन सक्छ ।

– कलेजको भौतिक संरचना, ल्याब, पुस्तकालय, खेलकुदको व्यवस्था कस्तो छ ?

हाम्रो संस्थाको भौतिक भूर्वाधार उत्कृष्ट छ । ल्याब र पुस्तकालय उच्च स्तरका छन् । हामी विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा नियमित रूपमा नेतृत्व विकासका क्रियाकलापहरूलाई जोड दिन्छौं । हाम्रो विद्यालय परिसरमा स्तरीय बास्केटबल र फुटसल कोर्ट सञ्चालनमा छ ।

– शिक्षा क्षेत्रमा करिब साढे २ दशक देखि आबद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नुहँदा बाहिरिने विद्यार्थी संख्या दिन प्रति दिन बढ्दो छ । अध्यायनकै लागि विद्यार्थी बाहिर जादा वार्षिक अर्बौ पुँजी बाहिरिएको छ । यसलाई कसरी रोक्ने ?

यहाँले भन्नु भएको सही हो । करिब साढे २ दशकदेखि नेपाली शिक्षा क्षेत्रमा काम गरिरहेको छु । अहिले आएर नेपाली विद्यालय शिक्षालाई अन्तराष्ट्रिय स्तरको मान्न सकिने प्रसस्त आधारहरू छन् । फेरि पनि नियमनकारी निकायले पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, तालिम जस्ता मुलभूत क्रियाकलापमा अब्बल रूपमा प्रस्तुत हुन बाँकी नै छन् । सरकारी निकाय पनि उच्च शिक्षामा अलमलको अवस्थामा छ । केही सामाजिक जीवनले पनि बाह्य आकर्षण बढाएको छ । उच्च शिक्षालाई ज्ञान र रोजगारीसँग जोड्नलाई सरकारी प्रयास अपुग छ । यसमा विशेष कार्यक्रम चाहिएको छ ।

– शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । नेपालको शिक्षा र शैक्षिक प्रक्रियामा समस्या के के हुन् ? र यसलाई निराकरण गर्न के गर्नुपर्ला ?

नेपालको वर्तमान स्कुल शिक्षामा सरकारको सम्पूर्ण लगानी सामुदायिक विद्यालय केन्द्रित छ । जवकी अधिकांश नतिजा संस्थागत विद्यालयको छ । मलाई लाग्छ सरकारको शिक्षामा भएको लगानीलाई पुर्नविचार गर्नुपर्छ संस्थागत विद्यालयलाई अन्य आँखाबाट हेर्ने कुरा गलत छ । यहाँको सामुदायिक विद्यालयका शिक्षक साथीहरूले पनि सरकारी जागिर र नेताका झोला मध्य एउटा रेज्नुपर्छ होला ।
जहाँसम्म शैक्षिक प्रक्रियाको कुरा छ, ज्ञान र सीप केन्द्रित भएर रोजगारीको अवसर पाउने शिक्षाको लागि विद्यार्थीहरूलाई समय सापेक्ष बनाउँदै लानु पर्ने अहिलेको आवश्यकता छ । यसको एउटै उपाय भन्ने त होइन तर पनि शैक्षिक नेतृत्व हरेक तहमा उत्तरदायी हुनुपर्छ । शिक्षक वर्गको काम प्रतिको लगावलाई प्रोत्साहन गर्नुपर्छ । समय छिटो छिटो परिवर्तन भइरहन्छ शैक्षिक क्रियाकलापहरू पनि समय सापेक्ष बदल्दै लानु पर्ने हुन्छ । सरकारको शैक्षिक जिम्मेवारी भनेको सरकारी स्कुलमा तलब भत्ताको जोहो गर्नुमा मात्रै सीमित रहनु हुँदैन । समय सान्र्दभिक शिक्षा व्यवस्था मिलाउने दुरदर्शिता भएको नेतृत्वको आवश्यकता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय