बिरगंज १५ साउन । पर्सा प्रहरीले वीरगन्जको भसार क्षेत्र नजिकै रजतज्यन्ती चौकमा चेकजाँचको क्रममा अबैध रुपमा भित्रीयाइएको चाँदीका कचौरा तथा मुर्तीसहित एकजनालाइ पक्राउ गरेको छ ।

सिमावर्ती शहर भारतको रक्सौलबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भएर प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ रजतजयन्ति चोकबाट समान सहित पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार वीरगन्ज १६ का साहिल कुमार साहबाट चाँदीको समान प्रहरीले बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

साहलाई रोकी खानतलास लिँदा उनले बोकेको खैरो रंगको ब्यागभित्र चाँदीको धातुबाट बनेको कचौरा तथा साना मुर्तीहरू १ किलो १०६.४ ग्राम फेला परेको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक डिएसपी प्रहलाद कार्कीले बताए ।

उक्त चाँदीसहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय