बिरगंज ४ भदौ ।
बिरगन्जको मुटुमा रहेको श्री नेपाल रेल्वे मा.बि.मा आज एक कार्यक्रमका बिच बिधालय ब्यवस्थापन समिति गठन गरीएको छ ।
बिरगन्ज सहरको मुटु सिडियो कार्यालयको नजिक रानिघाट ९ मा रहेको सहरको पुरानो बिधालयहरु मध्येको एक रेल्वे स्कुलको बिधालय ब्यवस्थापन समिति करिब एक दशक पछि पुर्ण रुपले बिधालय ब्यवसथापन समिति सर्व सहमति र बिना कुनै बाद बिवाद पुर्णता पाएको छ ।
आज रानिघाट वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षतामा बसे्को बिधालय ब्यवस्थापन समितिको बैठकले समितिका सदस्य बिजय कुमार रौनियार लाई सर्व सहमतिले अध्यक्ष पदमा चयन गरेको छ ।
त्यसै गरी धिरज कुमार पास्वान , नितुकुमारी , किरण कुमारी सोनि लाई अभिभावक भेला बाट सदस्य र शिक्षा बिद बाट अनु देबि गुप्ता र समाज सेवि बाट संचारकर्मी तथा अर्थ न्युज का प्रदेश प्रमुख राजन रौनियार लाई सदस्यमा मनोनित गरेको छ ।
कार्यक्रम बिधालयका शिक्षक मनोज यादबको बिषेश उपस्तीथिहुनुको साथै प्रधानाध्यापक मुनि लाल कर्णको सहजिरणमा सम्पन्न गरीएको थियो । नया कार्यसमितिले बिधालयको भौतिक बिकाश भन्दा पनि पढाई र बिधार्थीको चौतर्फी बिकाशमा ध्यान दिन नव निर्वाचित कार्य समितिलाई सुझाव दिएका छन् ।













