वीरगंज ५ भाद्र ।
अवैध भरुवा बन्दुक र करिब सात लाख रकम सहित बारामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर गुम्बा टोल बस्ने संजिव बल र बारा विश्रामपुर गाउँपालिका वडा नम्बर २ छतवा टोल निवासी २९ बर्षिय रामविनय साह रहेका छन । घरमा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी जैतापुरको सम्युक्त प्रहरी टोलीले संजिव बलको घर खानतलासी गरेको हो । खानतलासी गर्ने क्रममा लोड भरूवा बन्दुक एक थान, सोमा प्रयोग हुने बेरिङ पाँच थान सहित बल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताउनुभयो ।
यसैगरी वारा प्रहरीले चाँदी तथा सुनको ६ लाख ८० हजारको गहना सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा विश्रामपुर गाउँपालिका वडा नम्बर २ छतवा टोल निवासी २९ बर्षिय रामविनय साह रहेका छन ।
जिल्ला प्रहरी कार्यालय बारा र सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको संयुक्त टोलीले साहलाई विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा टोल स्थित सडकमा ना ६१ प ९३४० नम्बरको मोटरसाइकलमा करिब तीन लाख २० हजार मुल्य बराबरको पाँच किलो ९९८ ग्राम चाँदीको गहना र ३ लाख ६० हजार मुल्य बराबरको ५७ दशमलब ६१ ग्राम सुनका गहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताउनुभयो । पक्राउ परेका साहलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय