बारा ।
समाजिक परिवर्तन केन्द्र, काठमाडौको सहजीकरणमा संचालित सदभाव परियोजना अन्र्तगत फेटा गाँउपालिकामा रहेको अंचित मा.वि.का ५० जना विद्यार्थीहरुलाई कला मार्फत संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्धघाटन शत्रको सभाध्यक्षमा समाजिक परिवर्तन केन्द्र, बाराका फिल्ड अफिसर श्री विक्की महतो, प्रमुख अतिथिमा श्री अंचित मा.वि.बतराका प्र.अ.श्री पप्पु सिंह अतिथि संवाद सहजकर्ता श्री अनिल कुशवाहाले कार्यक्रमबारे आ–आफनो धारणा व्यक्त गरेका थिए ।
समाजमा विद्यमान रहेका विभिन्न समाजिक सवालहरुमा रहेका मतभेद तथा द्धन्दलाई कसरी समाधान गर्न सकिन्छ तथा समाजमा समाजिक सदभाव , विश्वास तथा शान्तिको अवस्थालाई कसरी उच्च स्तरमा वृद्धि गरी समाजमा एकता ल्याउने बारे कलाका विभिन्न विधिहरु प्रयोग गरिएको थियो । समाजमा विद्यमान रहेका लैङ्गिकताको सवाल, विकासका सवाल, स्रोतको वाँडफाँड तथा धार्मिक सहिष्णुताको सवालमा परियोजनाले चित्र प्रदर्शन, कार्टुन भिडियो, भिडियो तथा गेमको माध्यमबाट विद्यार्थीहरुमा सवाहरुबारे जागृति गराइएको थियो । उक्त कार्यशाला बारा जिल्लाका तीन जना सहजकर्ता राजेश प्र.कुशवाहा, अनिल कुमार सिन्हा तथा जुही कुमारीले सहजीकरण गरेका थिए ।
सामाजिक परिवर्तन केन्द्र ( CSC ) सन् २०१५ मा स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेष गरी अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको रूपान्तरणमा काम गर्दछ । IFA (Institut für Auslandsbeziehungen संस्थाको साझेदारीमा सद्भाव परियोजना प्रदेश १ को सुनसरी जिल्ला, मधेस प्रदेशको बारा जिल्ला, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन भइरहेको छ । बारा जिल्लाका दुई पालिका कलैया उपमाहानगरपालिका तथा फेटा गाँउपालिकामा संचालन भइरहेको छ तथा संवादका यस्ता आठ वटा शत्र संचालन गर्ने योजना रहेको संस्था फिल्ड अफिसर विक्की महतोले जानकारी गराउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times