वीरगंज ३ असोज ।
पर्सा प्रहरीले भन्सार छलीको समान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जे.वि.ट्रासपोर्टबाट पठाईएको ट्रक चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामानहरु फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताउनुभयो । शनीबार राति वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर सडकखण्डमा ना ३ ख ४१४१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । ट्रकसहित बरामद गरिएको सामानको ५६ लाख ८७ हजार ३ सय ६ रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times