राम कुशवाहा
वीरगंज ८ असोज ।
हिन्दुहरुको महान चाड“पर्व वडा द“शै तिहार नजिकिए संगै पर्सा जिल्लामा तस्करी बढेको पाईएको छ । वीरगंज महानगरपालिका वडा नं १६ ईनर्वा गाउबाट अहिले प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भईरहेको पाईएको छ ।
सिमावर्ती सहर रक्सौलबाट ईनर्वा गाउ“ हुदै तस्करहरुले कपडा, शर्टिड्ड शुटिड्डको कपडा, थानको कपडा, हार्डवेयर, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, रजनीगन्धा, खाद्यान्य लगायतको सामानहरु साईकल, मोटरसाईकल, अटो रिक्सा, टाड्डा, पोके लगायत महिला भरियाहरुलाई प्रयोग गरी दिनरात राजश्वछली गरी अवैध तरिकाले सिमामा खटेका प्रहरीहरुको सेटिड्डमा नेपाल तर्फ भित्रियाईरहेका छन ।
तस्करहरुले रक्सौलबाट खरिद गरेका माल समान अवैध रुपले सिमावर्ती नाका सहदेवा महादेवा, बलिरामपुर, अहिरवाटोला हुदै ईनर्वा गा“उ भएर वीरगंज बजार सम्म प्रहरी प्रशासन कै मिलोमतोमा जाने गरेको पाईएको छ ।
ईनर्वा गाउबाट तस्करी गर्ने एक दर्जन भन्दा बढि तस्करहरुले प्रहरी चौकी ईनर्वा गाउ“का ईन्चार्ज प्रहरी सहायक निरिक्षक बल बहादुर तामाड्डलाई लाखौको महिनावारी बुझाई तस्करी गरीरहेको एक जना तस्करले बताए ।
सिमामा अवैध गतिविधि, राजश्व छलि, चोरी पैठारी नियन्त्रण गर्न खटेको प्रहरीहरु नै तस्करहरुको चुड्डलमा फसि नेपाल सरकारको राजश्व चुहावट गर्ने यस्ता प्रहरीहरुलाई समयमै लगाम लगाउन जरुरी देखिएको छ । सम्बन्धित निकायको समयमै ध्यान जाओस ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times