वीरगञ्ज २३ असोज । समाजसेवी एवं युवा नेता रुपेशमान सिंह श्रेष्ठले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ (ख) बाट श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेद्वारी दर्ता गर्दै श्रेष्ठले कसैको दवाबमा नपरी स्वतन्त्र भएर जनताको काम गर्न आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको प्रतिकृया दिए । आफू सबैको साझा उम्मेद्वार भएको भन्दै उनले कुनै पनि दल र गठबन्धनमा नलागी स्वतन्त्र उम्मेद्वारी दिएको श्रेष्ठको प्रतिकृया थियो ।
उम्मेद्वारी दर्ता गराउन श्रेष्ठ दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
श्रेष्ठ समाजसेवाका साथै सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । वीरगञ्ज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगञ्जकै पुरानो मध्येको त्रिजुद्ध माद्यमिक विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशक देखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल छन् ।
विभिन्न क्षेत्रमा काम गरेको अनुभव स्मरण गर्दै युवा नेता श्रेष्ठले प्रदेश सभा सदस्यमा आफूहरु जस्तै सक्रिय युवाहरुको आवश्यकता रहेकाले आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएको उनको प्रतिकृया थियो ।
साथै श्रेष्ठले निर्वाचन क्षेत्रका अग्रज नेता, युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय