वीरगञ्ज, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्याक्त गरेका छन् ।

यसअघिकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई/दुईपटक अस्वीकृत गरेको नागरिकता विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद्) समेत रहेका यादवले राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन् ।

राष्ट्रपतिलाई धन्यवाद दिँदै यादवले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ,‘निरन्तर पहल र लामो सङ्घर्ष पश्चात आज अन्ततः सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण गर्नुहुने सम्माननीय राष्ट्रपतिज्यूसहित सङ्घर्षमा सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्दछु ।’

लाखौँ नागरिकताविहिन युवाहरुको आवाज बनेर आफूले सदन र सडक मार्फत उठाउँदै आएको माग आज बुधबार पूरा हुँदा आफू निक्कै हर्षित भएको उल्लेख गर्दै यादवले खुसी व्यक्त गरेका छन् ।

संविधानमा उल्लेख भए अनुसार राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै लाखौँ युवाहरुले नागरिकता प्राप्त गर्दै एउटा सुनौलो भविष्य तर्फको आफ्नो यात्रा अगाडि बढाउँने यादवको विश्वास छ ।

पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले सदन र सडक मार्फत निरन्तर नागरिकताको विषयलाई उठाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय