बिरगंज २० जेठ । अपाङगता भएका ७ सात जना व्याक्तिलाई रोटरी क्लब अफ वीरगन्जले ह्वील चेयर प्रदान गरेको छ ।शनिबार रोटरी भवनमा आयोजित कार्यक्रममा कार्यक्रमका अतिथि पर्सा २ (क) प्रदेश सभाका सदस्य श्याम प्रसाद पटेल, वीरगन्ज वाड नम्बर ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसिया, रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष पियुष गुप्ता, न्यू जेनरेशन समितिका अध्यक्ष सोहन पोद्दार, रोटरियन दीपक तुल्सियान, रोटरियन अभिषेक चौधरीले अपाङगता भएका व्याक्तिहरुलाई ह्वील चेयर हस्तान्तरण गरे ।
क्लबका अध्यक्ष पियुष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा गढि वाड नम्बर ३ र ८ बाट अपाङगता भएका ३ जना र बीरगंज वाड नम्बर ५ बाट २ जना र हरपुर वाड नम्बर ९ बाट १ जना र बीरगंज वाड नम्बर १० बाट १ अपाङगता भएका व्याक्तिलाई एक एक थान ह्वील चेयर प्रदान गरेको हो । रोटरियन दिनदयाल केदिया, रोटरेक्ट सदस्यहरू आयुष गुप्ता, रोमित सिंह लगायत अन्य सदस्यहरूको उपस्थिती रहेको थियो ।








