वीरगन्ज ,१८ साउन ।
सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले मानव सेवा आश्वम वीरगन्जलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ ।
सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडका प्रादेशिक प्रमुख दिवस सिंह ठकुरीले आश्वमका प्रदेश संयोजक देवेश गुप्तालाई एक सेट इन्भटर , बैटरीका साथै माइक र स्पिकर हस्तान्तरण गरेका हुन् ।
पछिल्लो समय तराई मधेसमा अत्याधिक गर्मी बढेपछी आश्रममा बसोबास गर्दै आएका लक्ष्मी नारायणहरुलाई समस्या हुदै आएको थियो ।
सोही अवस्थालाई मध्यनजर गरेर आश्रममा इन्भटर , बैटरी सहितका विभिन्न सामग्री वितरण गरिएको प्रादेशिक प्रमुख ठकुरीले बताए ।
सिटिजन बैंकले लामो समय देखि विभिन्न समाजिक कार्यमा रहदै आएकाले मानवीय नाताले आश्रममा सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय