
वीरगञ्ज, २३ साउन ।
पूर्व मन्त्री एवं संघीय सांसद प्रदीप यादब र महानगर प्रमुख राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको वीरगञ्जको वडा नं. ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गर्नुभएको छ ।
स्थलगत निरीक्षण गर्नुहुँदै पुर्व मन्त्री यादबले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताउनु भयो ।
डुबानको समस्या दीर्घकालिन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाई हुन पुगेको भन्दै चाडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिनु भयो ।
तत्काललाई पानी निकासा हुने गरि व्यवस्था मिलाउने र डुबानमा परेकाहरुका लागि उचित राहतको ब्यवस्था मिलाउने बताउनु भयो ।
भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमा समेत छरिएर आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रुपमा भरिएको छ ।