वीरगन्ज । नेपाल खेलकुद पत्रकार मञ्च पर्साको नियमित बैठक आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चका पर्सा अध्यक्ष तिवारी यादवको अध्यक्षतामा बसेको बैठकले आउँदो ३० गते सामुदायिक विद्यालय र निजी विद्यालयका विद्यार्थीहरु बीच पौडी प्रतियोगिता गराउने निर्णय गरेको मञ्चका सह सचिव कृष्णा कुशवाहा बताए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बसेको बैठकले संगठनलाई चलायमान बनाउन र ३० गते हुने पौडी प्रतियोगिता लगायतको विभिन्न किसिमका प्रस्ताव राखी बसेको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका उपाध्यक्ष सुष्मा शर्मा , सचिव श्याम कुशवाहा सहितका सदस्यहरूको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times