बिरगंज २३ भदौ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगञ्ज समितिले हरितालिका तीजको अवसरमा मिति २०८०/०५/२२ गतेदेखि मिति २०८०/०५/३० गतेसम्म नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयको कम्पाउन्डभित्र रहेको खेलमैदानमा हुने अन्तर-बैंक महिला फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । सो कार्यक्रमको उद्घाटन मिति २०८०/०५/२२ गते साँझ ४ बजे कार्यालयको निर्देशक तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्री अजित रेग्मीज्यूबाट सम्पन्न भयो । साथै, उक्त उद्घाटन कार्यक्रमको विशेष अतिथि कर्पोरेट डेभलपभेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विपिन राज पोखरेलज्यू र नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका उपाध्यक्ष श्री तुलसी राम बानियाज्यू रहेका थिए । कार्यक्रमको अध्यक्षता वीरगञ्ज समितिका अध्यक्ष श्री नरेश कुमार सर्राफज्यूले गर्नुभएको थियो ।
उद्घाटन पश्चात् भएको ६ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई २-०, नेपाल एस.बी.आई. बैंकले नेपाल बैंकलाई २-०, कुमारी बैंकले सिटिजनस् बैंकलाई २-०, नबिल बैंकले ग्लोबल आइएमइ बैंकलाई ५ गोल र एन.आई.सी. बैंकलाई २-०, लक्ष्मी सनराइज बैंकले सिद्धार्थ बैंकलाई २-०, प्राइम कर्मर्सियल बैंकलाई २-० को गोल अन्तरले पराजित गरेको थियो ।नबिल बैंकको तर्फ बाट हैट्रिक ३ गोल अन्सिका जोसिले गरेकि थिइन भने प्लेयर अफ द मैच सुशमा गिरि १ गोल र आरती कुमारी १ गोल गरेकी थिन । उक्त प्रतियोगिताको मुख्य प्रायोजक कर्पोरेट डेभलपभेन्ट बैंक, प्रायोजक ग्लोबल आई.एम.ई. बैंक र एन.आई.सी. एसिया बैंक तथा सह-प्रायोजक लक्ष्मी सनराइज बैंक, नबिल बैंक र राष्टिय्र वाणिज्य बैंक रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times