वीरगन्ज,२० कातिक / वीरगन्ज महानगरपालिकामा वडा नम्बर १६ मा रहेको अस्थायी प्रहरी चौकी ईनर्वाका प्रहरीहरुको मिलामतोमा भैसी चोर फरार भएको घटना बाहिरिएको छ ।
प्रहरी चौकीका असई मुन्नीलाल राउत सहितका प्रहरीले भैसी सहित पक्राउ परेका भैसी चोर संग नगद ६० बुझेर चोर भगाएका छन ।
गत बाराको बिश्रामपुर बाट चोरी गरेर भाग्दै गरेको दुईजना चोरलाई उनले भदौ २४ गते राति १२ बजेको समयमा असई राउतले भगाएको आरोप छ ।
स्रोतका अनुसार बलिरामपुरका स्थानीयहरु चोरलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए । तर असई राउतले एकजना चोर संग ३० हजारको दरले ६० हजार बुझेर भगाएका हुन ।
भैसी चोर पक्राउ परेपछि भैसीका धनी सहितका स्थानीयहरु चोरको बारेमा बुझन प्रहरी चौकीमा पुगेका थिए ।
तर असई राउत सहितका प्रहरी हवल्दार दिनेश खड्का र प्रहरी जवान जगनरायण पटेलले भैसी धनीलाई चोर भेट्न नदिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भोली पल्ट चोरलाई भेटेन गएपछि रातभरीमा चोर संग मिलोमतो चोर भगाएको र भैसी धनीलाई चोर भागेको जानकारी गराएका थिए ।
भैंसी धनी हेवाञ्चल महत्तो केवटको अनुसार रातिको कुरा र अहिले को कुरामा धेरै न मिल्दो कुरा रहेको भैंसी धनी हेवाञ्चल महत्तो केवटले एक भिडियोमा प्रस्ट परेका छन्। इनर्वा गाउँ चौकीमा रहेका इन्चार्जले रातिको समयमा ती चोरहरूले पैसाको प्रलोभन हेराइ भागेको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाह संग यसबिषयमा बुझँदा भैंसी पक्राउ परेको र भैंसी लिएर भाग्ने क्रममा चोरहरु भागेको र फेला नपरेको जानकारी गराएका छन।