
वीरगन्ज — पर्सा प्रहरीले भन्सार छलेर अवैध रुपमा भित्र्याएको ठूलो परिमाणका कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका– १९, विन्दवासिनी निवासी नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लाको बरण्डामा राखिएको लत्ता कपडा बुधबार प्रहरीले बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले १६ लाख ६० हजार रुपैयाँ बराबरका कपडाहरु बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार ५७६ थान (१७ हजार २८० मिटर) पुजा कपडा, लेडिज ब्रा एक हजार १५२ पिस, २० किलो विभिन्न किसिमका लेडिजका नक्कली गरगहनाहरु, प्लाष्टिकको फुल ७ प्याकेट र ४८ पिस रेडबुल बरामद भएको छ ।
राजस्व छलीका सामानहरु आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।