तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगन्ज,३ चैत ।
शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ ।
शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा सुरु भएको खेलमा पहिलो हाफमा शक्ति युवा क्लबले २ गोल अन्तरले अग्रता बनाएको थियो ।
पहिलो हाफको १४ औ मिनेटमा शक्ति युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी अजय कुमारले पहिलो गोल गरे । खेल सुरु भएको समय देखि दबादमा रहेको वीरगन्ज युथ एकेडमीले खेलको १९ औ मिनेटमा एक खेलाडी परिवर्तन गरेको थियो ।
दबाबमा रहेका वीरगन्ज युथ एकेडमीमाथी हाबि बनेको शक्ति युवा क्लब २४ औ मिनेटमा पुन दोस्रो गोल गर्यो । दोस्रो गोल ट्राईबे्रकरमा जर्सी नम्बर ९ का खेलाडी संघर्ष मगरले गोल गरेका थिए ।
खेलको दोस्रो हाफको सुरु मै ५० औ मिनेटमा वीरगन्ज युथ एकेडमीका जर्सी नम्बर २० का खेलाडी आकाश पासवानले आफ्नो टिमको पहिलो गोल गरे ।
दोस्रो हाफमा शक्ति युवा क्लब माथी वीरगन्ज युथ एकेडमी दबाद बनाउदै लगेको थियो । खेलको ५५ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी कृष्णा शाक्यले गोल गर्दै खेल बराबरीमा फर्कोए ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २–२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।
ट्राईबे्रकरमा शक्ति युवा क्लबका पाँच जना खेलाडी मध्ये तीन खेलाडी पोष्ट बाहिर बल हानेपछि पराजित हुन पुगेको हो ।
ट्राईबे्रकरमा वीरगन्ज युथ एकेडमीका पाँच जना खेलाडी मध्ये चार खेलाडी गोल जालीमा हानेका थिए ।
भोलीको खेल हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहट बिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।
चैत १० गते सम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , वीरगन्ज युथ एकेडेमी , नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।
यस्तै बाग्मति प्रदेशको हनामी भरतपुर फुटबल क्लब चितवन ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर भाग लिनेछन ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।
त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको प्रतियोगिता सहसंयोजक दिपक यादवले बताए ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल उद्घाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।
प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , सोचन यादव , राजेन्द्र यादव , नेपाली कांग्रेसका नेता विजय गुप्ता , हबिब मियाँ लगायतका विभिन्न वडाका वडाअध्यक्ष , स्थानीय नेता तथा समाजसेवीहरु सहभागी थिए ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

जिप्रका बाराको टाईगर टोली अवैध असुलीतर्फ केन्द्रित हुदै

बारा २८ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला भित्र हुने घटना, दुर्घटना चोरी, तस्करी नियन्त्रण गर्ने हिसाबले खटाएको टाईगरटोली...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img