घुमुवा प्रहरी भन्दै होलिमा रकम उठाउदै गर्दा दुई जना प्रहरी पक्राउ

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगन्ज / होली पर्वको मौका छोपेर बिरगंज बाइपासको एरियामा रकम असुल्दै आएको आरोपमा दुई जना प्रहरी गत शनिबार पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी हवल्दार कृष्ण महतो र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ हवल्दार धिरेन्द्र महतो रहेका छन ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुबै जना वडा प्रहरी कार्यालय श्रीपुरको घुमुवा प्रहरी भन्दै रकम असुल्दै आएका थिए । पक्राउ परेका उनीहरूको पर्सामा दरबन्दी नरहेको र बिदाको समयलाई मौका छोपेर घुमुवा प्रहरी भन्दै कबाडबाट रकम असुल्ने क्रममा पक्राउ परेको स्रोतले जनाएको छ ।

घुमुवा प्रहरी भनेर रकम उठाउदै आएको आरोपमा पक्राउ परेका दुबै जना प्रहरीको साथबाट नगद रकम पनि बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका दुबै जना प्रहरी विरुद्ध अपराधीक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार उनीहरू विदामा घरमा आएको मौका छोपी गण्डक देखि बाईपासमा रहेको कबाड पसलमा पैसा असुलेको देखिएको छ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img